कांग्रेसले गर्‍यो वडा वडामा प्रचार समिती गठन

Image
घरदैलो अभियान अनतरगत मतदाता संग कांग्रेस उम्मेदवार महर

मतदाताको शिर निहुरिन दिन्नः नेता महर

डडेल्धुर । नेपाली कांग्रेस पार्टी डडेल्धुराले आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै वडा वडामा प्रचार प्रसार समिति गठन गरिरहेको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन । कांग्रेसले विभिन्न वडाहरुमा मुल प्रचार समिति गठन गरेको छ । पार्टीका उम्मेदवारलाई प्रतिनिधिसभाको सदस्यमा विजय गराउन वडामा रहेका क्रियाशिल सदस्यहरु समितिमा राखेर प्रचार प्रसार समिति गठन गरिरहेको नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार हालसम्म जिल्लाको परशुराम नगरपालिका ७, गन्यापधुरा गाउँपालिका ५, आलिताल गाउँ पालिका ५,६, ७ र अजयमेरु गाउँपालिका २ गरि ६ वटा वडामा प्रचार प्रसार समिति गठन गरिएको छ । बाँकी वडामा माघ २३ गते भित्र मुल प्रचार समिती गठन गरिने उनको भनाई छ ।

नेपाली कांग्रेस किल्ला डडेल्धुरामा यस पटकको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । महर अहिले मतदाताको घरदैलो अभियानमा सक्रिय छन । उनले आफु जन्मेको भागेश्वर गाउँपालिकाबाट घरदैलो अभियानको शुभारम्भ गर्नु भएको कांग्रेस डडेल्धुरा सभापती भिमबहादुर साउदले बताए । उनका अनुसार उम्मेदवारी दर्ता पछि महर यहाँका प्रशिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती, घटाल बाबाको दर्शन पछि मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय भएका हुन ।

‘आफ्नै माटोमा उत्पादनको मूल फुटाउनु नै समृद्धिको प्रस्थान बिन्दु हो’ भन्ने अठोट बोके र महर यस पटकको निर्वाचनमा होमिएको उनले बताए । देशको राजनीति र व्यवस्था त्यति सहज छैन । भदौ २३ र २४ को जेन्जी आन्दोलनले गम्भीर र संवेदनशील मोडमा देश उभिएको छ । यहीबेला देशसँगै महर पनि निर्वाचनमा होमिएको उनको भनाई छ ।

महर कांग्रेसको केन्द्रिय सदस्य हुनुकासाथै शिक्षा विभाग प्रमुखको जिम्मेवारी निभाई सकेका युवा भएका कारण पार्टी मात्र नभई, पार्टी इतर र जेन्जीले पनि रुचाएका उम्मेदवार हुन । उनले भन, आम जनगुनासाको सही व्यवस्थापन, अभावको पूर्ति, गरिबीबाट छुटकारा जस्ता मुद्दा बाहेक दशकौको बलिदानीबाट प्राप्त संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयनको अभिभारा पनि महले उठाउदै आउनु भएको छ ।

मतदाताको शिर निहुरिन दिने छैनः नैनसिंह महर

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय सदस्यमा निर्वाचित महर यतिबेला मतदाताको घरदैलोमा पुगेर गुनासा र माग सुनिरहेका छन । महरले शनिबार देखि सोमबार सम्म आफु जन्मेको भागेश्वर गाउँपालिका–३ लामिकाडे, आफुले शिक्षा आर्जन गरेको वडा नं. २ रुपाल लगाएत भागेश्वर गाउँपालिकाका ग्रामिण गाउँवस्तिहमा पुगेर मतदाताहरु संग घेटघाट गर्नु भरेका छा ।

कतिपयले संगै पढेको सनाथी आज नेपाली कांग्रेस जस्तो गौरवशाली एतिहास बोकेको देशको ठूलो पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी पाउन सफल भएको भन्दै खुशि व्यक्त गर्नु भएको भिडियो सामाजाजिक संजालहरुमा देख्न सकिन्छ । कतिपय मतदाताहरुले बालापनमा देखेका महरलाई आफुले भोट दिएर जिताउदै यस क्षेत्रको ठुलो मान्छे बन्ने कुराले खुशी छाएको छ ।

भागेश्वरको महाकाली नदीसम्म फैलिएका जाक, लिमलगाएतका बस्तीहरु देखि जिल्ला सदरमुकामसम्म रहेका बगरकोट, सिराडलगाएतका वस्तीहरुमा पुगि महरले मतदाता घेटघाट गरिरहदा स्थानीयहरुले गाउँको केटो उम्मेदवार बनेको सुन्दा आशा पलाएको प्रतिक्रिया मतदाताहरुको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका नेपाली कांग्रेसका संस्थापक नेता नेता एनडी प्रकाश चटौतको गृहपालिका पनि हो । छोटो समयमै दुर्भाग्यवस चटौतको हवाईजहाज दुर्घटनामा २७ वर्षको कलिलो उमेरमा निधन भएकाले उनले पार्टीमा धेरै योगदान दिनसक्नु भएन र हालको डिजिटल दुनिया समक्ष उहाँका विचार पुग्न सकेनन् ।

डडेल्धुरा २०४८–२०७९ सम्म भएका सात वटा निर्वानमा अपराजित भएका कांग्रेस निवर्तमान सभापती शेरबहादुर देउवाको जिल्ला हो । यही डडेल्धुरा जहाँका मतदाताले २०१५ मा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार द्ध्वारिका देवि ठकुरानीलाई निर्वाति गराउदा उनी एसिया प्रदेशकै पहिलो मन्त्रीसमेत बनिन् । यस हिसाबले महरलाई एकातिर समुदायका तमामन समस्या र अर्कातिर प्रजातान्त्रीक व्यवस्थालाई बलियो बनाएर अगाडी बढाउन चुनाव जित्नै पर्ने ठूलो जिम्मेवारी छ ।

महर राजनीतिसंग मात्र नजोडिई संचारकर्मी पनि हुन । उनी नेपाल पत्रकार महासंघ डडेल्धुराको संस्थापक अध्यक्ष भई कान्तिपुर, रासस, रेडियो नेपालगाएत थुप्रै सञ्चार माध्यमसंग आवद्ध भई काम गरिसकेका छन ।

राज्यको शासन व्यवस्था प्रणाली र संरचना निमार्ण गर्ने ठाउँमा रहनु भएका महर कार्यान्वयन गर्ने ठाउँमा पहिलो पटक पुग्ने गरि निर्वाचनमा होमिनु भएको छ । समाजमा स–सानो समस्या देखि महत्वपुर्ण बिषय नीति निर्माण गरि कार्यान्वयन गर्ने नेतृत्वमा पुग्ने दौडमा उनी छन । उनको पालिका भागेश्वरमा सडक विस्तार, खानेपानीको पाईप देखि उज्यालो भागेश्वरसम्मका तमामन बिषयमा आवाज उठाउनु पर्ने माग स्थानीयको छ ।

महाकाली नदीको किनारका वस्तीहरु सामाजिक शुरक्षा भत्ता बुझ्न ठुलो पैशा खर्च गर्नुपर्ने अवस्था छ । यहाँका यी महत्वपुर्ण समस्याको समाधानका लागि महरले भरपुर प्रयास गरेर समाधानको बाटोमा हिड्ने प्रतिवद्धा जनाउँदै भने छ, म तपाईको शिर निहुरिन दिने छैन । कांग्रेस पार्टीले बिगार्यो भन्ने मात्रै कुराहरु समुदायमा पुग्ने उल्लेख गर्दै उम्मेदवार महरले मतदाताहरु लाई गलत बाटोमा आफु कहिल्यै नहिड्ने र यो भाष्यलाई परिवर्तन गरि मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन ।