डडेल्धुरा । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले कांग्रेसले हालसम्म गरेका विकासलाई डाटामा हेरिदिन मतदाताहरुलाई आग्रह गरेका छन । जिल्लाको भित्रिमधेस क्षेत्र जोगबुडाका मतदाता भेटघाटका क्रममा नेता महरले २०४६ सालभन्दा पहिले र हालसम्म जिल्लामा भएका विकासको तथ्यांक हेरेर मुल्यांकन गरिदिन मतदाताहरु लाई आग्रह गरेका हुन ।
उनले २०४६ अघि भित्रिमधेस जोगबुडा क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, तटबंध, सिचाई, खानेपानी लगाएतको अवस्था अत्यन्त नाजुक रहेको स्मरण गरे । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यस क्षेत्रमा २०४६ सालपछि भएको विकासलाई डाटामा हेर्ने हो भने अहिले धेरै पूर्वाधार संरचना र सेवा सहज भएको छ । उनले भने, छिमेकी देश चीन, भारतसंगै खाडी मुलुक युएइको जस्तो विकास हुन नसकेको स्विकार गर्नुपर्छ र कांग्रेसले गर्छ पनि । अहिले बिज्ञान प्रविधिको युग छ, नव पुस्ताहरुले चाहेको विकासको बाटोमा हामि जान्छौ, काँग्रेस नयाँ भर्सनमा जान्छ ।
डडेल्धुरालाई हिल स्टेशनको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने यसका लागि अत्तरिया–डडेल्धुरा चार लेन सडक विस्तारलगायत विगतमा परशुरामको महाकाली नदीमा पुलको योजनाले पुर्णता नपाएकाले कांग्रेसको नेतृत्वले त्यो पुरा गर्ने उनले बताए ।
कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य रहेका नेता महरले कांग्रेसले गरेका काम र उम्मेदवारहरुको तुलना गरि मतदान गर्नसमेत मतदाता समक्ष आग्रह गरे । प्रजातन्त्रका लागि लडेको पार्टी र नयां युगको सुरुवातका लागि जेन्जीले उठान गरेका सुशासन कायम, भ्रष्टाचारका मुद्दालाई आत्मसाथ गरि कांग्रेस पार्टी अघि बढ्ने उनले दृढता व्यक्त गरे ।















