डडेल्धुरा । महाकली नदी किनारमा जन्मिएको म, अहिले तपाई सेती किनारबासी समक्ष पुगेको छ । विकट, अभाव, गरिबि, शिक्षा, स्वास्थ्यको समस्या के हो ? मलाई राम्रारी थाहा छ । पश्चिम सेति प्रभावित क्षेत्र नवदुर्गा गाउँपालिका ४, सिरोड गाउँमा पुगेर गाउँलेहरुका बिचमा कांग्रेस उम्मेदवार नैनसिहं महरले भने, त्यो बेला २०४६ साल अघि गाउँमा गोरेटो बाटोको माग हुन्थ्यो । तर अहिले विकास र प्रबिधिले फड्को मारेको छ । गाउँ गाउँमा सडक पुगेका छन । अब त्यसले पुग्दैन । कालोपत्रे सडकदेखि रोजगारीका सिर्जना गर्नु पर्ने आवश्यक छ ।
आफ्नो बाल्यकाल सम्झिदै उनले भने, हामि आँपका पात, टुसा पकाएर कलमका लागि मसि बनाउथ्यौ । झुरो बालेर घण्टौ पैदल हिटेर स्कुल जान्थ्यौ । तर अहिले विद्यालय मर्च गर्नु पर्ने अवस्था आएको छ । अहिले एउटा फोनमा सारा संसार छ । युवा र अबका पिढीलाई प्रबिधि मैत्रि विकास चाहिएको छ । त्यो पुरानो अनुभव र अहिले प्रबिधिको संसार बुझ्ने मौका पाएकाले समानान्तर विकासका लागि डडेल्धुराबाट आफ्नो उम्मेदवारी रहेको उनले सुनाए ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देखेका कतिपय सपना अधुरै रहेको उल्लेख गर्दै उनले सात पटक कांग्रेस पार्टी र उम्मेदवार देउवालाई जिताए जस्तै यस पटक पनि कांग्रेसमा मतदान गरि विजयी गराउन सके देउवाका अधुरा सपना पुरा गर्न कटिबद्ध रहेको जिकिर गरे । देउवा गृहमन्त्री हुदै पाँच पटक देशको प्रधानमन्त्री बन्न सफल भएकै कारण सुदूरपश्चिम र देशमा विकासको मूल फुटेको उनको भनाई छ ।
सडक, बिजुली, खानेपानी, सिचाई, अस्पताल, बिद्यालय, क्याम्पस, संचारलगायतका पूर्वाधारहरु देउवाका पालामा स्थापित भएको उल्लेख गर्दै महले अधुरा, अपुरा योजनालाई पूर्णता दिन आफु उम्मेदवार बनेको बताए । शिक्षा र स्वास्थ्य सेवा सरकारले निःशुल्क उपलब्ध गराउन सके आधाबढी बसाईसराई रोक्न सकिने उनको भनाई छ ।
पहिले देखि नै आफु निःशुल्क शिक्षा र स्वास्थ्यको पक्षमा रहेकाले आफु निर्वाचित भए आवश्यक नीति निर्माण गरि कार्यान्यन प्रक्रियामा जाने उनको दाबि छ । देशकै मुहार फेर्ने पश्चिम सेती, पञ्चेश्वर, कर्णाली परियोजना कायाृन्वनमा जान नसकेको देउवाको अधुरो सपना भएकाले यी योजना निर्माणका लागि आवश्यक पहल गर्ने उनको भनाई छ ।















