डडेल्धुरा । डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका छन । कुल मतदाता संख्या ९३ हजार ४०३ रहेको डडेल्धुरामा महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ मत गरि उक्त संख्यामा मत खसेका हुन । कुल मत खसेको संख्याले ४९ दशमलब ०८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी मतदाता संख्या रहेको भित्रिमधेशको परशुराम नगरपालिकामा जम्मा ११ हजार ९३७ मत मात्रै खसेका छन । परशुराम नगरपालिकामा कुल मतदाता संख्या २२ हजार २९१ रहेको थियो । यसै गरि भिधिमधेश चुरे क्षेत्रकै आलिताल गाउँपालिका भरिमा जम्मा ५ हजार ३७२ मत खसेका छन । यहाँ कुल मतदाता संख्या ११ हजार ११४ रहेको थियो ।
उनका अनुसार १४२ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिक ओसारिदै छन । मतपेटिका मतगणना स्थल पुगाईसके पछि मतगणना सुरु हुने छ । मध्यरातिसम्म मतपेटिकका गणना स्थलमा पुगाईसके पछि शुक्रबार बिहानै देखि मतगणना सुरु गरिने उनले बताए ।















