दमक । झापा जिल्लाको क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन । अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका वरिष्ठ नेता शाह विजयी भएका हुन ।
अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो । बालेन्द्रले ओलीको भन्दा करिब चार गुणा बढी मत पाएका छन । उनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।उनीहरु बिचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गरे । यस्तै कांग्रेसकी मन्दरा चिमरियाले १८ सय २१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १५ सय ३६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तमाङले १४ सय ६१ मत पाएका छन ।
विजयी प्रमाणपत्र लिन र विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल जाँदा सुरक्षा कडा पारिएको थियो । उनी मतपरिणाम घोषणास्थलमा पुग्दा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका थिए ।















