अत्तरियामा खुल्यो न्यू महेश्वरी होटेल, सस्तो रुमसंगै लोकल कुखुराका परिकार केजीमा पाईने

Image

डडेल्धुरा । सुदूरपश्चिमलाई पूर्व पश्चिम जोड्ने मुख्य बजार कैलालीको अत्तरियामा न्यू महेश्वरी होटेल एण्ड लज संचालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका २, अत्तरिया चोकभन्दा उत्तर तर्फ दुर्गालक्ष्मि मावि नजिकै नर्मल देखि डिलक्स कोठासहित रेस्टुरेन्ट भएको महेश्वरी होटेल एण्ड लज संचालनमा आएको हो ।

युवा व्यवसायी सुरेन्द्र बुढाऐर र आषिस बोहराको सयुक्त लगानीमा सुदूरपश्चिमका परिकारहरु संगै अहिले फेमस बनेको लोकल कुखुराका विभिन्न परिकार केजीका दरले उपलब्ध गराईने गरि होेटेल संचानमा ल्याईएको संचालक बोहराले जानकारी दिए ।

उनका अनुसार अत्तरिया बसपार्क ठिक अगाडी अत्तरिया–डडेल्धुरा जोड्ने भिमदत्त राजमार्ग खण्ड नजिककै होटेल संचालनमा ल्याईएको हो । शनिबार मात्रै होटेलको औपचारिक रुपमा उद्घाटन गरिएको उनले बताए ।

उनका अनुसार महेश्वरी होटेलले पारिवारिक वातावरणमा सेवा उपलब्ध गराउने छ । पर्याप्त गाडी पार्किंगको व्यवस्थासंगै सामान्यतया एक हजार रुपैयाँ देखि डिलक्स कोठाको एक दिनको रुम चार्ज दुई हजार पाँचसय सम्म पर्ने छ ।

चिसो र गर्मि समयमा वातानुकुलित वातावरणका लागि कोठा र रेस्टुरेन्टमा एसी सुबिधा रहेको बोहराको भनाई छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य बजार अत्तरियाबाट उचित मुल्यमा व्यवस्थित बसाई, भोजनको सेवा उपलब्ध गराउने उद्देश्यले होटेल संचालनमा ल्याएको उनले बताए ।