डडेल्धुरा । गन्यापधुरा गाउँ पालीका वाडा नं. ५ स्थित गनेडा कोटमा शुक्रबार देखि श्रीमद भागवत सप्ताज्ञान महायज्ञ लगाईएको छ । आज बिहान कलश यात्रासहित देउवा समाजद्वारा ब्राह्मण ऋषि मोक्षकालाागि श्रीमद भागवत सप्ताहज्ञान महायज्ञको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
११ सय वर्ष पहिले भारत उत्तराखण्डको कुमाउबाट देउवा हालको गन्यापधुरा ५ गनेडाकोटमा आएका र यहि ठाउँबाट डडेल्धुरा तथा नेपाललगाएत भारतको पिथौरागढको बडालु गाउँका विभिन्न ठाउमा बसोबास गर्दै आएका थिए । वर्तमान समयमा सबै जात जातीहरुले आफ्नो पहीचान र बंशावली बनाएको अवस्थामा नेपालका देउवाहरुले पनि आजभन्दा १२ वर्ष पहिले गजय सिंहको अध्यक्षतामा नेपाल भारत देउवा समाजको स्थापना गरेको सप्ताह महायज्ञ मुल समितिका संयोजक टेक बहादुर देउवाले बताए ।

आज भन्दा १४ सय वर्ष पहिले डोटी दिपायलकोटका राजा हरी शाहि द्धितियाको पालामा राजाले आफ्ना सबै थरहरु देउवा, सिंह, चन्दलाई को बलियो छ भनी उनका भारद्वाज गुरुबाट बिचार गर्दा देउवाले द्वारपालका रुपमा राखीएको नरि नामको कुकुरको टाउको काटि राजासम्म पुगेको थिए । राजाबाट टीका थाप्दा झुक्नु पर्नेहुदा उनले राजासँग नझुकि कुममा टीका थापेको देउवा समजका सदस्य धनबहादुर देउवाले बताए ।
देउवाहरुका पुर्वजले यज्ञ लगाएको ठाउँमा ब्राह्मण ऋषिलाइ काटेको र उनै ऋषिको श्राप मुक्तिकालागि सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको देउवा समाजका सदस्य हरी देउवाले बताए ।
यसका साथै नेपाली काङ्ग्रेसका निःवर्तमान सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा हाल उपचारका क्रममा देश बाहिर रहेका र यज्ञको बीचमा नेपाल फर्कीएर जसरि पनि महायत्रका उपस्थित हुने उनको भनाई छ । गन्यापधुरा गाउँपालिका ३ का वडा अध्यक्ष चक्रबहादुर देउवाले सबै देउवा परिवारबाट चन्दा संकलन गरिएको र भारतबाट पनि चंदा संकलन गरि महायज्ञको आयोजना गरिएको बताए ।













