डिजेल र मट्टीतेलमा ३० रुपैयाँले बृद्धि, पेट्रोलको यथावत

Image

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले हिजो राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।