डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशनले इन्जिनियर सुरेन्द्र अवस्थीलाई पुनः जिल्ला सभापतिमा मनोनित गर्दै नेतृत्वको निरन्तरता दिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मदन सिंह धामी, सचिवमा टंकप्रसाद अवस्थी तथा सहसचिवमा बसन्तराज पाण्डेय निर्वाचित भएका छन्।
त्यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा मिना फुलारा, देवसिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर र जितेन्द्र जैरु चयन भएका छन्।
अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको जनाधार मजबुत बनाउने तथा जिल्लाका समसामयिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
रास्वपाले देशभर संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाइरहेका बेला डडेल्धुरामा सम्पन्न प्रथम जिल्ला अधिवेशनलाई संगठन निर्माणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।













