राप्रपा डडेल्धुरामा भण्डारीको निरन्तरता, २१ सदस्यीय समिति सर्वसम्मत

Image

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको जिल्ला अध्यक्षमा राजेन्द्र भण्डारी पुनः चयन भएका छन्। पार्टीको ७औँ जिल्ला अधिवेशनबाट भण्डारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो।

भण्डारी दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा दोहोरिएका हुन्। अधिवेशनले उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशीलाई चयन गरेको छ।

यस्तै सचिवमा लालबहादुर स्याडा, कोषाध्यक्षमा सागर नगरकोटी र प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्। हिक्मतसिंह साउद, मदनराज पाण्डेलगायत सदस्य रहेका छन्। अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

नवनिर्वाचित अध्यक्ष भण्डारीले राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति र राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धनका लागि पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लामा हुने बेथिति तथा अनियमितताको उजागर गर्दै जनताका समस्या र सवाललाई प्राथमिकताका साथ उठाउने बताए।