काठमाडौँ । मुगुमा बुधबार बिहान चार घण्टाभित्र दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
त्यसको करिब दुई घण्टा ३७ मिनेटपछि बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पका कारण भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।















