राजकुमारीले दाईजोमा पाएको चिसो हावा चल्ने चिसापानी, कर्णाली नदीमा र्‍याफ्टिंग (भिडियो)

Image

कैलाली । कर्णाली चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । चिसापानी कर्णाली नदीको किनारा चुरे पहाड श्रृंखलाको फेदीमा अवस्थित छ । यो स्थान कैलाली जिल्लामा पर्दछ । कर्णाली चिसापानीलाई तत्कालिन अवस्थामा पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली विकास क्षेत्रका जिल्लाहरू सुर्खेत, अछाम, बाजुरा, दैलेख जिल्लाहरुको मुख्य व्यापारीक स्थलको रूपमा लिइन्थ्यो ।

यसको सिमाना पूर्व र दक्षिणमा बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिम र उत्तरमा कैलाली जिल्लामै पर्दछ । चिसापानीको पूर्व, उत्तर र दक्षिण तर्फ दुइवटा पहाडी श्रृङ्खला छन् भने पश्चिम तर्फ तराईको समथल फाँट छ ।

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गको भाग हो । जसले नेपालको सुदूरपश्चिम प्रदेशकका क्षेत्रलाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ । यसको निर्माण सन् १९९३ मा पूरा भएको हो ।

यो तार पुल हो । जसको बिचमा ठूलो खम्बा उथयिल हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस तचगकक लाई अड्याइएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।

यो ठाउँको नाम चिसापानी किन रहन गएको हो भन्ने कुनै ठोस प्रमाण त छैन । अनुमानका आधारमा र किँवदंतीहरूको आधारमा यो ठाउँको नामाकरणको लागि निम्न सुत्रहरूलाई लिन सकिन्छ ।

चिसापानी तराइको भूभाग भए पनि बैशाख देखि भदौ सम्म मात्र केही गर्मी महसुस हुन्छ । अरु वर्ष भरि नै हावा चलि रहने भएकाले र कर्णाली नदीको किनारा भएका कारण साह्रै चिसो हुन्छ। यसैले यसको नाम चिसापानी राखिएको हो ।

पहिले यो पश्चिम नेपालका मानिसहरू आफुलाई चाहिने आवश्यक सामग्री ल्याउन महिनौँ लगाएर राजापुर, नेपालगञ्ज, सति, भारतको पिलिभित, गोला, काशिपुर आदी ठाउँमा हाट गर्न जान्थे। पिठिउँमा डोको त्यसमा घिउका कनिस्तर, आफुलाई चाहिने आवश्यक सामग्री (चामल, पिठो, दाल, तरकारी, पकाउने भाँडाकुडा, खाने भाँडाकुडा, आदी) साथमा बोकेर हिँड्ने ति पैदल यात्रीलाई स्थानिय भाषामा हटेरु (हाट जानेरहाटबाट फर्केका) भनिन्थ्यो ।

यि हटेरुहरू सुर्खेत जिल्लाको तातापानी पर्ने तातापानीबाट विहान हिडेर चिसापानी बेलुका वास बस्न जान्थे । चिसा पानी बजार नजीकै रहेको पानीको धारो (जसको पानी पनि केही चिसो छ) मा भात पकाएर खाने गर्थे । यिनै हटेरुहरूले यो ठाउँको नाम चिसापानी राखेको अनुमान लगाउन सकिन्छ ।

एक किँवदंति अनुसार तत्कालिन अवस्थामा कालिकोट जिल्लाको चिलखाया गा.वि.स. पहिले कुनै राजाको राज्य थियो । त्यो राजाकी राजकुमारीको विवाह तराइमा भएको थियो। उनी आफ्नो माइती भेट्न जाँदा माइतीहरूले दाईजो के लिने भनेर सोधेको बेला ूतराईको गर्मिबाट बच्न चिलखायाको चिसो बतास चाहियोू भन्ने माग गरेकीले माईतीहरूले उनलाई चिलखायाबाट हावा पठाइदिए त्यो हावा चिसपानीमा छोडेकाले यो ठाउँको नाम चिसापानी रहेको ।

जे जति किँवदंतीहरू भए पनि चिसो बढी हुने कारणले चिसापानी नाम राखियको अनुमान गरिन्छ । पर्यटन दृष्टीकोणले चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिन सकिन्छ । चिसापानीको सिमाना सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लागेको हुन्छ ।

यसका साथै चिसापानीलाई पिकनिक स्थलको रूपमा पनि लिइएको छ । नेपालका विभिन्न क्षेत्रहरूबाट पिकनिक मनाउन आएका विद्यार्थी तथा अन्य पिकनिक टोलीको आवागमन पनि दिन प्रतिदिन बढ्दै गएको छ । नेपालको तराई भूभाग मध्य चिसापानी सबै भन्दा बढी हावा चल्ने ठाउँ भएकाले यहाँ विभिन्न सुटिङ्ग कार्यक्रमहरूको पनि आयोजना गरिएको देखिन्छ ।

यसका साथै कर्णाली नदीमा राफ्ट गर्ने विदेशी एवं नेपाली पर्यटकहरूका र्‍र्‍याफ्टिंग टोलीहरूको पनि यहाँ घुइँचो लागेको हुन्छ । पहिले यहाँ हटेरुहरूको पनि निकै घुईचो हुन्थ्यो तर अब कर्णाली राजमार्ग लगायत धेरै जसो पहाडी सडकहरूको निर्माण भए यता भने हटेरुहरूको संख्यामा निकै कमि आएको छ ।