डडेल्धुरा । नेपाल–भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यवसायीक रुपमा जलयात्रा (र्याफ्टिंग )को सुरुवात गरिएको छ । परशुराम नगरपालिकाले परशुराम धाममा आयोजना गरेको प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ मा महाकाली सम्वाद कार्यक्रम गरि काली नदीमा र्याफ्टिंग संचालन गरिएको हो ।
नेपाल सरकारले १६ वटा नदीहरुमा र्याफ्टिंग गर्न सकिने भन्दै अनुमती दिएको ५० वर्ष पुगेको छ । १६ वटा नदीहरु मध्ये १५ वटा नदीहरुमा र्याफ्टिंग गरिदै आएको छ भने महाकादी नदीमा मात्रै र्याफ्टिंग संचालन गरिएको थिएन । हाल कञ्चनपुरको भिमदत्त, डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र दार्चुलाको महाकाली नगरपालिकाहरुले आपसि समन्वय गरि र्याफ्टिंग संचालन गरिएको हो ।
महाकाली सम्वादमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, परशुुराम नगरपालिकाका नगर प्रमुख जोशी, रुडुक केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक कृष्णकुमार श्रेष्ठ, नीजि क्षेत्रबाट र्याफ्टिंग संचालन गर्दै आईरहेको नेपाल एसोसियसन अफ र्याफ्टिंग एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारी, निड्सका कार्यक्रम संयोजक आकृती अवस्थी सम्भावना, अवसरहरु बारे चर्चा गर्नु भएको थियो । सम्वादको सहजीकरण अक्सफामका प्राबिधिक संयोजक सुमन गुप्तले गरेकी थिईन ।
महाकाली सम्वादमा सहभागी वक्ताहरुले र्याफ्टिंगको राम्रो सम्भावना भएकाले परशुरामधाम क्षेत्रलाई पर्यटकको हव बनाउन सकिने चर्चा गरे । स्थानीय साधनस्रोतहरुको अधिकतम प्रयोग गरि पर्यटकलाई आकर्षण गर्न सकिनेमा वक्ताहरुको जोड थियो । र्याफ्टिंग संचालन भएसंगै स्थानीय उत्साहति भएका छन ।












