राजतन्त्र फर्किदैनः गृहमन्त्री रमेश लेखक (भिडियो)

Image

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले राजतन्त्र फकिर्न नसक्ने उल्लेख गर्दै समाज विज्ञान जहिले पनि अगाडी बढ्ने र पछाडी नफर्किने बताएका छन ।बिहिवार बेलुकी डडेल्धुराको परशुराम नगरपालिका ५ परिगाउँको परशुराधाम पुगेका गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन ।

नेपाल भारत सिमा महाकाली नदी किनारमा अवस्थित परशुरामधाममा परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम साहित्य महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखले भने, कतिपय साथीले फर्किने कुरा गरिरहनु भएको छ । देशमा गणतन्त्र आईसकेको छ । कतिपय साथीहरुले राजतन्त्र पुनः स्थापनाको कुरा गरिरहनु भएको छ । म के आग्रह गर्न चाहान्छु भने समाज विज्ञान पछाडी फर्किदैन । समाज जहिले पनि अगाडी बड्छ । लोकतन्त्रमा प्रवेश गरिसकेको समाज कुनै पनि अलोकतान्त्रिक व्यवस्थामा फर्केर जान सक्दैन । अगाडी बड्ने हो । यो अगाडी बढ्ने यात्रामा साहित्यले मद्दत गर्छ । संस्कृतीले मद्दत गर्छ । भाषाले मद्दत गर्छ ।

लोकतन्त्र भनेको अनुशासनको पद्धती हो । अराजकताको पद्धती होईन । उनले भने, लोकतन्त्र भनेको वितरण पद्धती हो । सम्भावनाको वितरण, अवसर, रोजगारी, अर्थ, सेवाको वितरण हो । लोकतन्त्र संसारको उन्नत पद्धती हो । लोकतन्त्र ल्याउनका लागि शहिदहरुको ठूलो त्याग तपस्या,बलिदान दिएर हामि यो ठाउँमा पुगेका हौ ।