आईन्स्टाईन स्कुलले मनायो १०औँ वार्षिकोत्सव

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम खलंगामा रहेको आईन्स्टाईन पब्लिक स्कुलले बिबिध कार्यक्रमको आयोजना गरि आफ्नो १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले शुक्रवार महान वैज्ञानिक अल्वर्ट आईन्स्टाईको जन्म जयन्तिको अवसर पारी डडेल्धुरा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ ।

नजिकैको सामुदायिक विद्यालय महेन्द्र माविमा कक्षा १-५ सम्म अध्ययनरत विद्यार्थीहरु लाई शैक्षिक सामाग्री बाँडेको स्कुलका प्रिन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए । उनका अनुसार गरिब, दलित एवं जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जनज्योती प्रावि आदित्यपुरका विद्यार्थीहरु लाई पनि शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए ।

स्कुलमा पनि उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीहरु लाई सम्मानसहित प्रमाण पत्र वितरण गर्नुकासाथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक मनाईएको प्रिन्सिपल अवस्थीले बताए ।