डडेल्धुरा । बिहिवारदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा ३९ जना परिक्षार्थी अनुपस्थित रहेका छन । जम्मा परिक्षार्थी संख्या दुई हजार ६१४ भए पनि बिहिवार पहिलो दिन अंग्रेजी विषयको परिक्षामा साधारण, ग्रेड बृद्धि र प्राबिधिक तर्फ गरि ३९ जना परिक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खडक बहादुर महताले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी ग्रेडबृद्धि तर्फ छात्र १३ र छात्रा १० गरि २३ जना परिक्षार्थी अनुपस्थित रहेका छन । यसैगरी साधारण तर्फ चार जना छात्र र ११ जना छात्रा गरि १५ जना परिक्षार्थी अनुपस्थित रहे भने प्राबिधिक धार तर्फ एक जना छात्र अनुपस्थित रहे ।
डडेल्धुरामा यस वर्षको एसइई परिक्षामा साधारण विषय तर्फ एक हजार ९८६, ग्रेड बृद्धि तर्फ ४४३ र प्राबिधि धार तर्फ १४६ परिक्षार्थीहरु परिक्षामा उपस्थित रहेको कार्यालय प्रमुख महताले बताए । उनका अनुसार साधारण तर्फ छात्र ९१७, छात्रा एक हजार ७०, ग्रेड बृद्धि तर्फ छात्र १७५, छात्रा २६८ र प्राबिधिक तर्फ छात्र एक सय, छात्रा ४६ जना उपस्थित रहेका छन ।
डडेल्धुरामा ११ वटा परिक्षा केन्द्रहरु बाट एसइई परिक्षा भईरहेको छ । सबैभन्दा बढी परिक्षार्थी भित्रिमधेश जोगबुडाको सिद्धनाथ मावि केन्द्रमा २४५ रहेका छन भने सबैभन्दा कम परिक्षार्थी भागेश्वर गाउँपालिका २ रुपालको असिग्राम माविमा ६३ जना रहेको उनले जानकराी दिए ।
गत वर्षको एसइईमा डडेल्धुराबाट दुई हजार ५५७ परीक्षार्थीहरुले परिक्षा दिएका थिए । परिक्षार्थीहरु मध्ये एक हजार १०३ छात्रा र एक हजार २५४ छात्रा रहेका थिए । परिक्षार्थीहरु मध्ये उत्तिर्ण हुने विद्यार्थीको संख्या प्रतिशतमा २० दशमलव ८३ रहेको थियो । २ जिपिए ल्याउने विद्यार्थीको संख्या एक हजार ९६४ थियो भने ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या साधारण तर्फ २८ र प्राबिधिक तर्फ एक गरि जम्मा २९ रहेको थियो ।












