शसस्त्र प्रहरी बल नं. ५२ गुल्म हे.क्वा.डडेल्धुराले मनायो १८औं स्थापना दिवस

Image

डडेल्धुरा । शसस्त्र प्रहरी बल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराले बिहिवार आफ्नो १८औं स्थापना दिवस मनाएको छ । अमरगढी नगरपालिका ७ रातागौन रत्नपुरमा अवस्थित हेडक्वाटरले आफ्ना गतिबिधि, उत्कृष्ट शसस्त्र प्रहरी जवानलाई सम्मान र सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

सुदूरश्चिम प्रदेश नं. ७ बैद्यनाथ बाहिनि मुख्यालय अत्तरियाका शसस्त्र प्रहरी महानिरिक्षक दिपक अधिकारीको प्रमुख आतिथ्यमा शसस्त्र प्रहरीले गरिरहेका काम, कर्तव्य र गतिबिधिहरु बारे जानकारी गराईएको थियो । जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख, जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, अर्जुनवाण गणका गणपती, नागरिक समाज, समाजसेवी र पत्रकारहरुको उपस्थितीमा स्थापना दिवस मनाईएको नं. ५२ गुल्म हे.क्वा.का शसस्त्र प्रहरी नायव उपरिक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा प्रमुख अतिथीसंगै बिशिष्ट अतिथी नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक एवं अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट विकास, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलगायतले केक काटेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारीले शसस्त्र प्रहरीले पाएको सिमा सुरक्षाको जिम्मेवारीसंगै विपद व्यवस्थापनका क्षेत्रमा उलेख्य काम गरिरहेको बताएका थिए । स्थापना दिवस मनाउने परम्पराको विकासंगै आम जनस्तरमा शसस्त्र प्रहरीले गरिरहेका गतिबिधिहरु बारे पनि जानकारी हुने गरेको उनले बताए ।

डीएसपी श्रेष्ठका अनुसार डडेल्धुरामा हाल एक हे.क्वा.संगै ६ वटा बोर्डर आउट पोष्ट (विओपी)हरु रहेका छन । हालै नेपाल सरकार गृह मन्त्रालयले गरेको बिओपी थप्ने निर्णय पछि डडेल्धरामा थप चार वटा बिओपी थपिई १० वटा पुग्ने उनले बताए । यसका लासग स्थानसमेह छनौट भएको उनले बताए ।

भारतसंग जोडिएको डडेल्धुराको १४५ किमि सिमा क्षेत्रफलमा शसस्त्र प्रहरी तैनाथ रहि सिमा सुरक्षाकासाथै अपाराधिक क्रियाकलाप, अवैध तस्करी, चोरी निकासीलाई नियन्त्रण गरिरहेको उनले बताए ।