बैतडीमा पनि चल्यो नगरबस सञ्चालन

Image

बैतडी । जिल्ला सदरमुकामा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो ।

आइतबार नगरपालिकाको तेश्रो स्थापना दिवस तथा २९औं वार्षिकोत्सवका अवसरमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभइ) आफैले बस चलाएर उद्घाटन गरे । ४९ लाख रुपियाँमा खरिद गरिएको ३२ सिट क्षमता रहेको नगरबसमा सिसी क्यामेरा, वाईफाई, पङ्खा र जिपिएस जडान गरिएको छ ।

२०५४ साल चैत २४ गते स्थापना भएको दशरथचन्द नगरपालिका देशका पुराना ५८ नगरपालिका मध्ये एक हो । स्थानीय तहको दोश्रो निर्वाचन २०७९ सालमा पुष्करराज जोशी नगरबस सञ्चालन गर्ने चुनावी घोषणापत्र लिएर निर्वाचित हुएका थिए ।

जनतासँग गरेको चुनावी बाँचा अनुसार नगरबस सञ्चालनमा ल्याउँन पाउँदा खुसी लागेको उनले बताए । कार्यविधि बनाएर नगरबस पञ्चालनमा ल्याइएको उन स्पष्ट पारे । बैतडीमा दशरथचन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । यी मध्ये दशरथचन्दले पहिलो पटक नगरबस सञ्चालन गरेको छ ।

नगरबस सञ्चालन हुँदा भारतबाट त्रिपुरासुन्दरी र निङलासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाईसमेत सहज हुने छ । भारतको पिथौरागडबाट बर्सेनि हजारौं तिर्थालु नेपालका मठमन्दिरको दर्शनका लागि आउने गरेका छन् ।