डोटी । मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तरगत डोटी जिल्लाको जोरायाल गाउँपालिका– १ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनीट्रक दुर्घटना भएको हो । खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर बुधबार बिहान दुर्घटना भएको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार बझाङ बुङ्गल नगरपालिका २ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको मृत्यु भएको छ । एसपी शर्माका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।












