डडेल्धुरा । भित्रिमधेशको परशुराम नगरपालिकाले पहिलो पटक काजमा शिक्षक सरुवा गर्न लागेको छ । नगरपालिकाले एकै विद्यालयमा ५ वर्ष निरन्तर सेवारत शिक्षकलाइ सरुवा हुन चाहेको विद्यालय रोज्न सुचना जारी गरेको छ । तर धेरै कम शिक्षकका निवेदन नगरपालिकामा परेको नगरपालिकाले जनाएको छ ।
नगरकार्यपालिकाले नगरको शैक्षिक गुणस्तर सुधार गर्न भनेर शिक्षक चलाउनु पर्छ भन्ने अभ्यास स्वरुप पहिलो पटक काजमा शिक्षक सरुवाको निर्णय गरेको थियो ।
नगरकार्यपालिकाले गरेको निर्णय अल्पमतमा परेकोे छ । एक थरि शिक्षक काज सरुवा प्रकृया स्वागतयोग्य भनी रहेका छन भने एकथरिले निकै पीडा भएको भनी कानूनी प्रकृया खोजि रहेका छन ।
५ वर्ष एकै विद्यालयमा रहेका भाष्य प्रयोग गरि जारी गरिएको सुचनाको नगरपालिकाले अवज्ञा गरेको कतिपय शिक्षकहरुको भनाइ छ ।
इच्छाएको सुचनाका आधारमा न्यून परे पनि नगरपालिकाले नगरपालिकाकाको शिक्षा कार्यबिधि २०७६ संशोधन गरि आफू खुसि शिक्षक सरुवा गरेको शिक्षक कर्ण पाण्डेयको भनाइ छ ।
नगरपालिकाले कार्यबिधि २०७६ को दफा ४० को बुदा झिकेर मनखुसि ३२ जना शिक्षक काज सरुवा प्रकृया थालेको छ । को को शिक्षक कहाँ काज सरुवा भए, गरे सुचना पाउ भन्दा नगरले दिन नमिल्ने भनी आलटाल गरेको छ ।
करिब ३२ जना शिक्षक काज सरुवा प्रकृयामा रहेको भए पनि नगरपालिकाले सुचनामा ढिलाइ गरेको छ । नेपाल शिक्षक महासंघ निरन्तर १५ बुदे माग सहित हड्ताल र आन्दोलनमा रहेको अवस्थामा नगरपालिकाले सुचना दिन र काज सरुवाको सुचना जारी गर्न हच्केको बहस चुलिएको छ । काज सरुवमा राजनीतिक पुर्वाग्रह राखेको बहस पनि चुलिएको छ ।
विशेष गरि नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित मेयर भरत वडायर जोशी नेतृत्वको परशुराम नगरपालिकाले राजनीतिक भागबण्डा मिलाउन शिक्षक काजमा सरुवा गर्न थालेको कतिपय नगरबासीको भनाई छ ।













