शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

Image

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।

उनका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी एक पत्रकार सबिना कार्की घाइते भएका छन । १९ शिक्षक र पाँच प्रहरीको पुरा विवरण आइनसकेको उनको भनाइ छ ।

प्रवक्ता आचार्यले भने, “निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग भएको हो ।”