डडेल्धुरा । नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट श्रीराम औतार चौधरी विजयी भएका छन । शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक संघका उम्मेदवार चौधरी विजयी भएका हुन ।
अन्य पदहरुमा सहमति भए पनि अध्यक्ष पदमा सहमति हुन नसक्दा प्रथम अधिवेशन नै निर्वाचन प्रणालीमा गएको थियो ।
अध्यक्ष पदमा मात्र भएको मतदानमा जम्मा ८५ मत खसेका थिए । खसेका मत मध्ये चौधरीले ६९ मत ल्याई विजय भएका हुन । उनका प्रतिशपर्धी पूर्ण शंकर यादवले १६मत मात्रै प्राप्त गरे ।












