भारतमा रहेका नेपालीलाई आपतकालीन सेवा प्राप्त हुने स्थान पहिचान गर्न अनुरोध

Image

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै भारतको जम्मू(कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

राजदूतावासबाट जारी सूचनामा लेखिएको छ, भारतको जम्मू–कश्मिर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवम् सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ।’