अमरगढीमा फाहोर व्यवस्थापनका लागि जग्गा खरिद गरि इआइइ गरिदै

Image

डडेल्धुरा–जिल्ला सदरमुकामको एवं सात स्थानीय तहमध्ये सबैभन्दा जेठो अमरगढी नगरपालिकाकाले फोहोर व्यवस्थापनका लागि जग्गा गरिद गरि इआइ गरिरहेको छ । यससंगै अमरगढी नगर प्रमुख डिल्लीराज जोशीको लामो दौडधुप र प्रयत्नका कारण नगरको गौरवसँग जोडिएका दुई ठुला र दीर्घकालिन महत्वका महात्वाकांक्षी योजनाहरुले बल्ल गति लिन थालेका छन ।

जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिका–८ डकलेमा अत्याधुनिक बसपार्क निर्माणका लागि रुख कटान कार्य शुरु भएको छ भने जग्गा खरिद गरेर नगरको फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न अमरगढी–६ मा वातावरणीय प्रभाव मुल्यांकनको काम जारी छ । दुवै योजना सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत कार्यान्वयन भइरहेका हुन ।

लामो समयदेखि अमरगढीका दुवै महत्वाकांक्षी ठुला योजनाहरु कार्यान्वयन गर्न पहल भइरहेको भए पनि प्रमुख जोशीको निरन्तर दौडधुप र प्रयत्नका कारण हाल आएर योजना कार्यान्वयनले गति लिन थालेको स्थानीय अगुवाहरु बताउछन ।

डडेल्धुरा सदरमुकाममा सडक स्तरोन्नति, हरेक बस्तीसम्म जोडने पक्की सडक र बाटाघाटाहरु निर्माण, वृहत खानेपानी र सिँचाई योजनाहरु, घटालथान र उग्रतारा क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकास, अमरगढी वहुप्रावधिक शिक्षालय सञ्चालन र स्मार्ट सिटी योजना कार्यान्वयनका लागि निकै दौडधुप गरिरहेको नगर प्रमुख जोशी बताउछन ।

‘हालसम्म अनुभुती हुनेगरी थुप्रै काम भएका छन,’ प्रमुख जोशीले भने, ‘नगरका दिर्घकालिन महत्वका ठुला योजना निर्माण गर्न निरन्तर दौडधुप नगरी साध्य छैन ।’ उनले सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत हाल कार्यान्वयन भइरहेको डकले बसपार्क निर्माण र फोहर मैला व्यवस्थापन केन्द्र निर्धारित समयमै सम्पन्न गराउन फेरि दौडधुप जारी राख्ने प्रतिवद्धता ब्यक्त गरे ।

फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न वातावरणीय प्रभाव मुल्यांकन सकिने बित्तिक्कै चालु आर्थिक बर्षमा बहुबर्षीय ठेक्का आह्वान गरिने सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जीनियर दीपकराज ओझाले बताए । बसपार्क निर्माण र फोहर मैला व्यवस्थापन केन्द्र निर्माण कार्य १८ महिने कार्यअवधिमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।