डडेल्धुरामा यो वर्ष मात्रै एक हजारबढी हेक्टरमा सिंचाई सुबिधा

Image

डडेल्धुरा । मुख्य खाद्यान्न बाली धान, गहु, मकै, कोदोदेखि सबै जातका तरकारी र फलफूल खेती उब्जाउ हुने डडेल्धुरामा यस वर्ष मात्रै एक हजार बढी हेक्टर क्षेत्रफल सिंचत भएको छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराको चालु आवको २८ करोड २० लाख रुपियाँ लागतमा २१० योजना निर्माण भईरहेका छन । कार्यालय प्रमुख अमर पालका अनुसार यस वर्ष १७१ नयाँ र ३९ क्रमागत गरि २१० योजना निर्माणधिन रहेका छन ।

हालसम्म सम्पन्न भएका ठूला योजनाहरुमा ४० लाख रकम लागतको परशुराम नगरपालिका ५ परिगाउँको अपरपरिगाउँ सिंचाई योजना हो । यस योजनाले २०० हेक्टर क्षेत्रफलमा सिंचाई पुगेको कार्यालयका प्राबिधिक रोशन भट्टले जानकारी दिए ।

यस्तै ३० लाख रकम लागतको अजयमेरु गाउँपालिका ६ को भराण सिंचाई योजनाबाट ४० हेक्टर, २० लाख रकम लागतको परशुराम नगरपालिका ४ को शिर्ष सिंचाई योजनाबाट ३५० हेक्टर, २० लाख रकम लागतको अजयमेरु गाउँपालिका २ बडी सिंचाई योजनाबाट २५ हेक्टर र भागेश्वर गाउँपालिका १ चुडी गाउँको चमगाड सिंचाई योजनाबाट ४० हेक्टर क्षेत्रफल सिंचित भएको उनले बताए ।

यसैगरी अन्य २०५ वटा साना योजनाबाट सिंचित हुने जमिनको क्षेत्रफल एक हजार हेक्टरभन्दा बढी हुन आउने उनको भनाई छ ।