सर्पले टोक्दा १३ वर्षीय किशोरको मृत्यु

Image

डडेल्धुरा । भित्रिमधेशको परशुराम नगरपालिका–७ साँदनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो।

तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।