डडेल्धुरा । कृषि ज्ञान केन्द्रले खाद्यान्न बृहतदेखि व्यवसायीक फलफूल बगैचा स्थापनासंगै प्राबिधिक सहयोग गरिरहेको छ । यसले गर्दा यहाँका किसान एकै जातका हजारौ फलफूलका विरुवा रोपेर व्यवसायीक फलफूल खेती तर्फ आकर्षित भएका छन । कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार यस वर्ष सात करोड २७ लाख बढी रकममा खाद्यान्न, फलफूल, तरकारीसंगै मल उत्पादनका योजना संचालन गरिएका छन ।
खाद्यान्न बृहत धान उत्पादन कार्यक्रम गन्यापधुरा गाउँपालिका ३ सकायलमा १० लाख, मकै उत्पादन आलिताल गाउँपालिका ५ मा १० लाख, दलहन बृहत उत्पादन अजयमेरु गाउँपालिका ४ मा आठ लाख, भटमास, मकै बृहत उत्पादन नवदुर्गा गाउँपालिका ५ मा १० लाख, फलफूल बृहत अनार खेती कार्यक्रम अजयमेरु २ बडी गाउँमा १० लाख, हाईटेक नर्सरी तथा गड्यौला मल उत्पादन अजयमेरु २ मा १० लाख रकमका योजना सम्पन्न गरिएको उनले बताए ।
बडी गाउँमा बाँझो जमिन भाडामा लिई स्थानीयहरुले समुह बनाई एक हजार बढी अनारका विरुवा रोपेका छन । महादेव अनार खेती समुह बनाई १५ बढी स्थानीयले २० वर्षका लागि जमिन भाडामा लिई गत वर्ष अनारका विरुवा रोपेर घेरबार गरि हुर्काई रहेको समुहका अध्यक्ष मदन पनेरुले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्रले गत वर्ष ३० लाख र यस वर्ष १० लाख गरि ४० लाख रकम अनुदान सहयोग गरेको छ ।
कार्यालय प्रमुख पनेरुका अनुसार यस वर्ष विपन्न लक्षित कार्यक्रम अन्तरगत जिल्लाका सात वटै पालिकामा २५ लाख रकममा पोलीहाउस निर्माण गरिएका छन । एउटा पालिकामा २० जना विपन्न लक्षित वर्गका किसानहरु लाई पोलिहाउस निर्माणमा अनुदान दिईएको उनले बताए ।
खाद्यान्न बृहत एवं विशेष उत्पादन मकै आलिताल ५ को ६ं हेकटर क्षेत्रफलमा मकै बिउ उत्पादनका लागी एक हजार दुई सय केजी विउ, १७ थान मिनिटिलर, चार वटा ईलेक्टिकल कर्न सेलर, ८० थान त्रिपाल र दुई वटा बिद्युतिय तराजु वितरण गरिएको उनले जानकारी दिए ।
सुन्तला जातका पलफूल बगैँचा प्रबद्र्धन विस्तार कार्यक्रम अन्तरगत भागेश्वर र गन्यापधुरा गाउँपालिकामा पाँच लाख रुपियाँ बजेटमा कृषकलाई बगैँचा व्यवस्थापन तथा उत्पादन सम्बन्धि तालिम बगैंचा व्यवस्थापन, गोडमेल तथा विरुवा लाइ मलजल, औषधी र काँट्छाँट गर्ने तरिका सिकाईएको छ ।
प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, बाक्लो हाँगा, रोगी हाँगा, चोर हाँगा, भित्रपट्टि फर्केका हाँगाबिँगा हटाउने, काटने, काटेको ठाउँमा औषधि लगाउने, मल राख्ने, सिँचाइ गर्ने विधि तथा तरिका सिकाउनुकासाथै फुट स्प्रे, कैँची क्रप, कपर पेस्ट सिकेचर, आरि, बोर्डपेस्ट सिल्ट्रस प्लस, प्याडल स्प्रे, भिटामीन लगायतका सामग्रीहरु हस्तान्तरण गरेएको कार्यालय प्रमुख पनेरुले जानकारी दिए ।













