दुध बिक्री गरेर मासिक ३० हजार आम्दानी

Image

बाजुरा । बाजुराको हिमाली गाउँपालिका –६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आएका छन ।

यहाँका सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आएका हुन ।

पहिलादेखि गाउँमै बस्ने र भैसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आउनुभएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आएका छन । उन कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै गएका छैनन् ।

उनले गाउँमै भैसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गद्र्र्रै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्नुभएको हो । यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाए ।

अहिले उनका छोरा गाउँकै भवानी माविमा पढाउछन । गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्खामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका –६ धिमका विन्दराज पाण्डेले बताए ।

उनले भने, “अहिले मैले घरमा सधैं दुई भैसी पाल्ने गर्छु । एक दुनु भए अर्को वियाउने हुन्छ । यसलेगर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन । यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रोसँग पढाएको छु ।”

अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ । रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रोसँग चलेको पाण्डेले बताए ।

गाउँमा राम्रो भैसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौं । ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।