शहीदको सपना यो पुस्ताले पुरा गर्छः उम्मेदवार महर

Image

डडेल्धुरा । आज माघ १६ गते शहीद दिवस डडेल्धुरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेसले मनाएको छ । चार जना शहीदको सम्झनामा नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा आयोजित कार्यक्रममा शहीदको तस्वीरमा माल्यार्पण गरी शहीद दिवस मनाएको हो ।

शुक्रवार दिउसो आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नैनसिंह महरले शहीदको सपना, देखाएको बाटो, लोकतन्त्र र जनताका चाहना पुरा गर्न अहिलेको पुस्ताले काम गर्ने बताए । उनले अबको पुस्ताले नै शहीदका सपना पुरा गर्ने उल्लेख गरे । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका महरले श्रद्धाञ्जली स्वरुप शहीदको तस्वीरमा फूलमाला चढाउँदै समवेदना मन्तव्यका क्रममा यस्तो बताएका हुन् ।

समवेदना प्रकट गर्ने क्रममा नेता महरले देशका लागि जिउज्यान दिने सबै शहीदप्रति सहानुभूति प्रकट गर्दै उनीहरुले देखाएको बाटो र सपना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । प्रजातन्त्र र लोकतन्त्रका खातिर जिउज्यान दिने शहीद परिवारका सपना पुरा गर्न पनि म मतदातामाझ उभिएको हुँ । उनले भने ।

यसका साथै भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा सहादत भएका र अहिले पनि अङ्गभङ्ग भई घाइते अवस्थामा रहेका युवापुस्ताको माग पुरा गर्न प्रतिनिधि सभामा आफ्नो उपस्थिति रहनु पर्ने नेता महरले बताए । जिल्लामा आयोजित शहीद दिवसको अवसरमा पार्टी सभापति भिमबहादुर साउद र सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा समेतले समवेदना प्रकट गरेका थिए । कार्यक्रमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

्शहीद दिवसकै अवसर पानी उम्मेदवार महरको सचिवाय स्थापना गरिएको छ ।