डडेल्धुरा । लामो सयम देखि जाप्निज भाषा सिकाउदै आईरहेको वीरकौशल्या एब्र्रोड स्टडी प्रा.ली.को शाखा डडेल्धुरमा पनि खुलेको छ । पढाईसंगै जापानमा का मगर्ने अवसर प्राप्त गराउन जाप्निज भाषा कक्षा संचालन गरिएको हो । कैलालीको धनगढी, अत्तरिया र काठमाडौंमा समेत शाखा रहेको वीरकौशल्याले सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीहरुका लागि डडेल्धुरामा आफ्नो शाखा स्थापना गरि जाप्निज भाषा पढाउन थालेको छ ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ स्थित तुफानडा चोक नजिकै शाखा स्थापना गरि भाषा कक्षा संचालन गरेको संचालक विज्ञान सिंहले जानकारी दिए । सोमबार औपचारिक रुपमा एब्रोड स्टडीको उद्घाटन गरिएको छ । अधिवक्ता हरि भट्टले रिवन काटेर एब्रोड स्टडी शाखाको उद्घाटन गरेका थिए ।

संचालक सिंहका अनुसार विगत १० वर्ष जापानका बसेर नेपाल फर्किए पछि भाषा कक्षा संचालन गरिएको थियो । डडेल्धुरा शाखामा पनि विगत १० वर्ष जापान बसेर नेपाल फर्किएका शिक्षकहरुले भाषा कक्षा संचालन गर्ने छन ।
विदेश वा जापान जान युवाहरुको आकर्षण बढ्दै गईरहेको छ । सुदूरपहाडका न्यून आय भएका युवाहरुले काठ्माडौं, कैलाली वा देशका अन्य स्थानमा गएर भाषा सिक्दा निकै महंगो पर्न जान्छ । थोरै लगानीमा भाषा कक्षा पास गरि जापान गएर रोजगारीको अवसर प्रदान गर्न डडेल्धुरामा शाखा स्थापना गरि कक्षा संचालन गरिएको उनले बताए ।















