प्रहरीले १५ लाख रकम खाएपछि महिलाले गरिन आत्महत्या, तीन दिनमा हुदै पोष्टमार्टम

Image

डडेल्धुरा । श्रीमानले विदेशमा कमाएको १५ लाख नगद र सुन एक जना प्रहरीले क्वाप्पै खाएपछि दुई बच्चाकी आमाले झुण्डिएर आत्महत्या गरेकी छन । उनको शव तीन दिन पछि मात्रै पोष्टमार्टमका लागि अस्पताल पुगाईएको छ । शजिल्ला प्रहरी कार्यालय डडेल्धुरा परिसरसंगै जोडिएको घरमा दुई बाच्चाकी आमाले शुक्रबार बिहान झुण्डिर आत्महत्या गरेकी थिईन । सामाजिक सञ्जालमा उनले प्रहरी कार्यालयमा सवारी चालक रहेका एक जनाको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि हाल सवारी चालक प्रहरी पक्राउ परेका छन । मृतका दुई छोरा अनाथ भएका छन ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४ खलंगामा शुक्रबार एक महिला मृत फेला परेकी थिईन । मृत भेटिएकी महिला भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरी (गिरी सानी) रहेको खुलेको छ ।

उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि नेपाल बाहिर रहेको बुझिएको छ । मृत भेटिनुअघि गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सुसाइड नोट सार्वजनिक गरेकी थिईन । उक्त नोटमा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरीको तस्बिर र भिडियोसमेत संलग्न गरेकी थिईन ।

नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरीका सवारी चालक यज्ञ साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुण बहादुर सिंहले बताए । मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि आफू मानसिक दबाबमा रहेको गिरीले उल्लेख गरेकी छन ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले लेखेकी छन, ‘मलाई मर्न बाध्य बनाइस, मरेर के गर्छस् गर भनिस ।’ उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन ।

नोटमा लेखिएको छ, ‘म सँग भएको सबै पैसा लगिस, आफ्नो घर बनाइस । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइ देलान । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनू ।’

डीएसपी सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीका सवारी चालक साउदलाई नियन्त्रणमा लिइएको छ । परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार गिरिका श्रीमान विदेशमा भएकाले शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आईतबार बिहान शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ । मृतक गिरिका कान्छा ससुराले जाहेरी दिएपछि शव पोष्टमार्टमका लागि अस्पताल लगिएको हो । उनका अनुसार मृतक गिरिका एक १० वर्षका र एक सात वर्ष छोराहरु छन ।

गिरिका आपन्तका अनुसार उनका श्रीमानले घरको माथिको तला थप्न भनेका थिए । तर हालसम्म उनले पठाएको रकम प्रहरीका सवारी चालक साउदले लगिसकेका थिए । उक्त रकम र तीन तोला बढी सुन गिरिले फिर्ता माग्दा साउदले दिएनन् । उल्टै धम्काउने गरेका थिए । यही पिडामा गिरिले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ ।

उक्त घटनाको प्रहरीले सत्यतथ्य छाबिन गरि पिडकलाई कानुनी कार्वाही गर्नु पर्ने माग अहिले चौतर्फी बढेको छ । कतिपयले प्रहरी नेतृत्व कमजोर हुदा प्रहरीले नै महिलालाई मार्न बाध्य बनाई बच्चा टुहुरो बनाएको आरोप लगाई रहेका छन । यसै सन्दर्भमा युवाहरुको समुह जेसीस डडेल्धुराले शनिबार डिएसपीलाई भेटेर घटनाको छानविन गरि पिडकलाई कार्वाही र पिडितलाई न्याए दिन माग गरेको छ ।

उक्त घटनामा प्रहरी नै मुछिएकाले कुनै पनि बहानामा न्याय दिन प्रहरीले आलटाल गरे आन्दोलन गर्ने चेतावनी जेसीस डडेल्धुराले दिएको अध्यक्ष दिनेश प्रसाद पनेरुले बताए ।