बस्न नमिल्ने बलौचा गाउँमै पहिरो पीडित

Image
पहिरोले खण्डहर भएको चुरे पहाडको आलिताल गाउँपालिका ७ बलौचा गाउँ । तस्बिरः पुष्कर भण्डारी

एमपीडीएसले दुई पटक उपलब्ध गराएको टेण्डमै गुजरा

डडेल्धुरा । २०७७ असोज ३० देखि कात्तिक २ गते चार दिमसम्म लगातार परेको बेमौसमी अबिरल वर्षाले बलौचा गाउँवस्ति भएको चुरे पहाड नै भाँसियो । चुरे पहाड भाँसिदा आलिताल गाउँपालिका ७ बलौचा गाउँका करिब ५६ घरधुरी विस्थापित भए । ५६ घरधुरीका सयौ सदस्य बालबालिका देखि बद्धबृद्धासम्म सबैलाई नजिकैकौ विद्यालय र जंगलमा त्रिपाल टागेर बस्ने व्यवस्था गरियो । गैरसरकार संस्था बहुउद्देशीय विकास समाज (एमपीडीएस) डडेल्धुराले दातृ निकायहरुको सहयोगमा खाद्यान्न र टेण्ट, त्रिपाल, कम्बलको व्यवस्थान गरिदियो ।

जंगलमा लगामा लगाईएका पाहिरो पीडितका लागि बहुउद्देशीय विकास समाज (एमपीडीएस)ले उपलब्ध गराएका टेण्ट । तस्बिरः पुष्कर भण्डारी

तत्कालिन अवस्थामा आलिताल गाउँपालिका र प्राकृतिक विपद जोखिम व्यवस्थापन समिति डडेल्धुराले पनि पहिरो पीडितहरुलाई राहात उपलब्ध गराएको थियो । त्यो हिउद बलौचाबासीले जंगलमै टेण्ट भित्र बिताए । भू-गर्भविदको एक टोली बलौचा गाउँ पुगेर अध्ययन गरेपछि त्यस स्थानमा वस्ति नै बस्न नसकिने गरि पहाड भाँसिएको निष्कर्स निकालेको आलिताल गाउँपालिकाका तत्कालिन अध्यक्ष बलबहादुर गुरुंगले बताए ।

बलौचा गाउँका पहिरो पीडित हालसम्म जंगलमा टेण्ट भित्र र भत्किन बाँकी चर्केका घरमा बस्न बाध्य छन । विस्थापीत भएको पाँच वर्ष पुग्दा पनि उनीहरुको व्यवस्थापन हुन सकेको छैन । राहातमा उपलब्ध भएका टेण्डहरु अहिले च्यातिएका छन । एमपीडीएसले दुई पटक टेण्ट, कम्बल, त्रिपाल दिएकाले अहिलेसम्म गुजरा चलेको स्थानीय लक्ष्मि बोहराले बताईन । हाल बलौचा गाउँका कतिपय स्थानीय कैलाली, कञ्चनपुरका जिल्ला पुगेर अर्काको जमिनमा अन्नपात लगाई गुजरा गर्दै आईरहेको उनले सुनाईन ।


अहिलेसम्म दर्जन बढी परिवार पूर्ण रुपमा विस्थापित भएको उनको भनाई छ । डाडोको टुप्पो भाँसिए पनि तलहका केही घरपरिवारको कमाईखाने जमिन बचेको छ । उनले भनिन्, हाम्रो त खुट्टा राख्ने जमिन पनि बचेन । पहिरोले सबै लग्यो । अहिले जेठाजुको घरमा छोरी र म बस्दै आएका छौ । श्रीमान भने मज्दुरी गर्न तराई तिर छन । दैनिक ज्याला दारिमा काम गरेर गुजरा चलाईरहेको उनले बताईन ।

मेलगाजामा बाढीपहिरो पीडितका लागि घरहरु बनिरहेको सुने पनि त्यहाँ कस्लाई बसाईने हो भन्ने जानकारी नपाएको उनले बताईन । बाढीपहिरो पीडिलाई अस्थाई रुपमा राख्न भनेर घरहरु बनाईरहेको सुनेको भए पनि कस्लाई बस्न मिल्ने भन्ने थाहा नपाएको उनको भनाई छ ।

बलौचा गाउँमा खानेपानीको समस्या पहिले नै थियो । गाउँमूनि रहेको खोलामा टंकी बनाएपछि पिठ्युमा पानीका ग्यालेन बोकर खानेपानीको जोहो गर्दै आईरहेको उनले बताईन । अहिले पनि त्यही टंकीबाट करिब आउजाउ गर्न एक घण्टा लगाएर पानीको जोहो गर्दै आईरहेको जानकारी उनले दिईन । पानी टंकी भएको स्थानमा पञ्चबली देवताको थपना रहेको र टंकीमा पहिरोले क्षती नपुगेको उनले बताईन ।

मेलगाजामा एकिकृत वस्ति निर्माण

मेलगाजामा निर्माणाधिन एकिकृत वस्ति । तस्बिरः पुष्कर भण्डारी

बलौचा गाउँ मात्रै नभई यसै डाडामूनी रहेका चिलेगडा, ओवा, एैरानी, घुपखिडा, खिन्नेभाडी, नौबिसे र वडा नं. १ को मालागाउँमासमेत त्यो सालको बर्षापछि बाढीपहिरोले क्षती पुगाएको भन्दै गाउँपालिका अध्यक्ष शेरपाकीले सरकारसंग गुहार गर्दा गर्दै थाकेको बताए । विपद महाशाखाकाले कुनै वास्ता नगरिएको उनको गुनासो छ । एमपीडिएस संस्थाले राहात उपलब्ध गराउदा पहिरो पीडित बलौचाबासीलाई निकै सहज भएको उनको भनाई छ ।

वस्ति नै स्थानतरण गर्नु पर्ने देखिएको थियो, उनले भने, त्यसका लागि गाउँपालिकासंग आवश्यक बजेट छैन । संघ र प्रदेश सरकारका मन्त्रालयमा धाउदा पनि बजेट परेन । गत वर्ष भने एकिकृत वस्ति निर्माणका लागि संघको समपुरक बजेट प्राप्त भएपछि मेलगाजामा गत वर्ष नै चार करोड ९० लाख ८३ हजार रुपैयाँ बराबरको टेण्डर गरेर ३२ घर निर्माणको काम भईरहेको छ ।

एकिकृत वस्तिका घरहरु निर्माण गरिएपछि बाढिपहिरो पीडितका लागि तत्काल राहात सेल्टरका रुपमा संचालन गरिने उनले बताए । उनका अनुसार बाढीपहिरो पीडित मात्रै नभई भई परि आउने समस्या घरको मूलीको निधन हुदा बिचल्लीमा पर्ने परिकारका सदस्य, भूमिहिन, घरवार बिहिन सुकुम्वासी, अपा·, वेसाहारा व्यक्तिहरु एकिकृत वस्तिका घरमा आश्रय दिईने छ ।