आत्मियताको संगम ‘खप्तड”

Image

केटाः न मुईलाई पीरती लाया, न मुईलाई काई राया ।
सीता हौ की पार्वती हौ, दर्शन गर्न आया ।।
केटीः वालकालै लाएको पिर्ता, आजै का फाल्नुछ ।
मै सिता हु मै पार्वती, धुपबत्ति वाल्नुछ ।।

यी शब्दहरु वर्ष २०८३ को गंगादशहरा मेला खप्तडमा खेलीएका डेउडाका टुक्का हुन । लामबद्ध रुपमा केटा र केटी बिच भएका डेउडाबाट पनि खप्तडको महिमा झल्कीरहन्छ । भु स्वर्गको उपमा दिन सकिने खप्तड, अत्यन्तै मनमोहक र ढकमक्क फुलेको छ ।

बिशाल पाटनहरु भरी फुलेका रंगीचंगी फुलहरु, असंख्य बिरुवाका प्रजाती र जैविक विधिताले भरीएको अलौकिक एवं रमणिय क्षेत्र हिमालको फेदमै टाढैबाट हाँसिरहेको छ ।

लचकदार भुईहरु, आँखाको नजर नपुगुन्जेल सम्मका मनमोहक पाटनहरु, पाटनभित्रका रंगिन थुम्काहरु, गंगा, जमुना र सरस्वतीको संगम पवित्र त्रिवेणी धाम यस भुतलमा भेटिने क्षेत्र मात्र, खप्तड हो । त्रिवेणी पवित्र स्थल, केदारढुङगा, नागढुंगा, सहस्रलिङ्ग, खापर दह, पाटनै पाटन र खप्तड स्वामी जस्ता ओजस्वी महात्माहरुको महिमा पनि खप्तड भित्रै संग्रहित छ ।

पूर्वको बाजुरा र पश्चिमको डोटी, उत्तरको बझांग र दक्षीणको अछाम भित्र समेटिएको खप्तड अनेकौन घरेलु र जंगली जनावरहरुलाई असंख्य औषधिहरुमार्फत तङग्राउने भू स्थल पनि हो । अनेक रंगी लालिगुराँसका पखेराहरु, छाना र गोठालाहरु युगौदेखी खप्तडको हातखुट्टा कमाउने थर्थराउदो चिसोमा पनि मस्त मग्मगाएका देखीन्छन ।


वर्ष २०८३ को गंगादशहरामा पुःन एक पटपक यो पुण्य भुमी स्पर्स गर्ने अवसर मिल्यो । पाटनभरी चरीरहेका घोडा र भैँसिका बथानहरु, धुपिको कोणधारी जंगल, चामा फुल, लामजडी, जंगली हजारी र असंख्य बिख फुलहरुको स्पर्ष संगै बाटो भरीको सम्पूर्ण कष्ट निरर्थक गराएर हामि गन्तब्यतिर फर्कियौ, फेरी भेटौला ।


-खप्तड