डडेल्धुरा। नेपाल आयल निगमले इन्धनको मूल्य केही घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी घटाएर मूल्य समायोजन गरेको हो ।
निगम सञ्चालक सिमितिले स्वचालित मूल्य समायोजन प्रणालीबमोजिम समायोजन गरेको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँले मूल्य घटेको छ ।
तीन वर्गमा विभाजन गरी इन्धन ढुवानी लागतका आधारमा निगमले गरेको यस निर्णयसँगै तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यका लगायतका क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ ।












