चैनपुरमा बस मालिक र चालकमाथि निर्घात कुटपिट

Image

डडेल्धुरा । शुक्रवार राति बझाङ्ग सदरमुकाम चैनपुरमा गाडि मालिक र चालकलाई निर्घात कुटपिट गरिएको छ । डडेल्धुराको उग्रतारा डडेल्धुरा यातायात प्रा.ली.बाट संचालनमा आएको ११४२ नं. बस मालिक मिन बुढाएर र चालक वीर भण्डारीलाई चैनपुर बसपार्कमा निर्घाट कुटपिट गरिएको हो ।

चैनपुर-काठमाडौ रुटमा चल्ने नाईट बसका मालिक र चालक दुवै जनालाई शुक्रवार राति ९ः०० बजेको समयमा कुटपिट गरिएको उग्रतारा यातायात प्रा.ली. डडेल्धुराका काउन्टर प्रमुख तेज बहादुर ऐरले बताए । दुवैजनाको टाउको, आँखा, मुखभरी ठूला घाउहरु छन । कुटपिट भएको बसपार्क क्षेत्र रगताम्य भएको छ । उनीहरुको चैनपुर स्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको उनले बताए ।

मरणासन्न हुने गरि भएको कुटपिटमा संगलग्नहरुको सत्यतथ्य छानबिन गरि दोषिमाथि कानूनी कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहाख्न्छु, उनले सामाजिक संजालमा लेखेका छन ।