डडेल्धुरा । डोटी डडेल्धुराको सिमाना डोटीको शिखर नगरपालिका १० को गहनान तिर्थस्थल त्रिवेणी धाममा श्रीमद देवि भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ २०८१ आयोजना गरिदै छ ।
महायज्ञ मुल आयोजक समितीका अध्यक्ष ललित बलायरका अनुसार यहीँ चैत्र १७ देखि २५ गतेसम्म डोटि र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भुमिराज देवताको देवस्थलमा महायज्ञको आयोजना गरिने भएको हो ।
सेति नदि र शाकल्य नदिको संगम स्थल शाकल्य ऋषिले तपस्या गरि ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भुमि मानिन्छ । पौराणिक कालमा पाण्डवहरुले ध्यान तपस्या गरेको पवित्रस्थलसमेत मानिन्छ ।
धार्मिक, पर्यटकिय तथा ऐतिहासिक, सामाजिक जनजीवनलगायतका पक्षको प्रचारप्रसार एवं उजागर गर्दै यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उदेश्य सहित महायज्ञको रहेको छ । सम्पुर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्यस्थल बनाउन तथा तिर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिनलागेको जनाइएको छ।
महायज्ञको उदघाटनमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने छन । महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहने आयोजकले बताएको छ।
महायज्ञमा तुलादान, अन्नदान, गौदान, आरतीसेवा, विशेष पुजा, ब्राह्मणपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध लगायत कार्यक्रमहरु हुनेछन । महायज्ञमा योगबिज्ञान शिविर, शालिग्रामपुजन, देविभागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसँस्कार कार्यक्रम, भजनकृतन पनि हुने छ्न ।
दाताहरु लाइ सम्मानपत्र, दाताको नाम शिलापत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ । महायज्ञ कार्यक्रममा दुई लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको छ । करिब एक करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
डडेल्धुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका महायज्ञको मुख्य संरक्षकको भुमिकामा रहेका छन । तीन वटै पालिकाहरुको स्वामित्व रहेको गहनान क्षेत्र भएपनी सुदूरपश्चिमका ८८ वटै पालिकाहरुलाइ आवश्यक सहयोगको लागि आह्वान गरिएको अध्यक्ष बलायरले बताए ।












