डडेल्धुरा । नेपाल शिक्षक संघ डडेल्धुराको २४औं जिल्ला परिषद सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम तुफानडाडामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा जिल्ला परिषद सम्पन्न भएको शिक्षक संघ डडेल्धुराका हेमराज ओझाले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापती एवं पार्टीका वरिष्ठ नेता रघुवर भट्टको प्रमूख आतिथ्यमा जिल्ला परिषद सम्पन्न भएको हो । जिल्ला परिषदमा शिक्षक संघ डडेल्धुरा शिक्षकको पेशागत हकहितका पक्षमा वकालत गर्दै आईरहेको जानकारी अध्यक्ष ओझाले जानकारी गराएका थिए । पार्टी तवरबाट पनि शिक्षकका हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह हुनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा विशिष्ट अतिथीका रुपमा नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य तथा प्रदेश प्रतिनिधि हरीप्रसाद भट्ट, ट्रेड युनियन अध्यक्ष धनबहादुर भण्डारी, पूर्व अध्यक्ष वीरभान शाहीलगायतको उपस्थिती रहेको थियो ।













