डडेल्धुरा । नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुदेउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताएका छन । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आईतवार श्रीमत भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताए । हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो । उनले भने, गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाईदैन । कडा कानून छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौ ।
माघे संक्रान्तिका दिन स्नान गर्नेको घुुईचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठूलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्वपूर्ण ठाउँ भएको बताए । हाम्रो बाजे पूर्खाहरुको चिहान हो । उनले भने, उहाँहरु लाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरि पुण्य लाभ हुन्छ भन्ने मान्यता रहि आएको छ ।
सेती नदी र सकायल नदी गाडको संगम स्थल विभिन्न ऋषि मूनीहरुले तपश्या गरेको पबित्र स्थान भएको बताउदै उनले यहाँ हुने मेला र पूजाहरुमा धेरै पटक आफु पुगेको स्मण गरे । गहानान क्षेत्रकै माथि डाडोमा रहेको उच्चकोट विद्यालयमै आफुले अध्ययन गरेको सम्झदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरुको पबित्र स्थलमा रुपमा गहनान रहेको बताए । यहाँ विभिन्न देवताका मन्दिरहरु छन । उनले भने, घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरु अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पूर्खौदेखि रहिआएको उनले बताए ।
धार्मीक पर्यटन प्रवद्र्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को संगम स्थल बानेडुग्रीसैनमा अवस्थित “गहनान धाम”मा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले जानकारी दि । तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उनले बताए ।
उहाँका अनुसार गहनान क्षेत्र विकास समितिले आईतवार चैत्र १७ गते देखि २५ गतेसम्म “श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१” आयोजना गरेको हो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले गहनानसंगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम अघि बढाउन काँग्रेस सभापती देउलाई ज्ञापन पत्रसमेत बुझाएका छन । गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआईसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाईएको उनले बताए ।












