डडेल्धुरा । नेपालमा सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने शैलेश्वर धाममा आज देखि विश्वकल्याण विराट महायज्ञ लाग्दै छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को संगमस्थलमा रहेको शैलेश्वर धाम महादेवमा बुधबारदेखि अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरिने शैलेश्वर महादेव भूमिराज मसानी क्षेत्रविकास समितिका अध्यक्ष एवं अमरगढी नगरपालिका ७ का अध्यक्ष खडक बोहराले जानकारी दिए ।
महायज्ञस्थलमा मण्डप निमार्ण गरिए संगै रुदा्रक्ष , अछामको नौमुठे गाई, एक हजार आठ कलश, एक हजार शालिग्राम स्थापना गरिएका छन । तुला, धनधान्याञ्चल, भुमिदान, द्रव्यतुला दान, नाँगादर्शनको पुर्ण व्यवस्थापन भएको उहाँले बताउनुभयो ।
महायज्ञको बिहान ८ः०० बजेको समयमा कलश यात्रासहित ज्योतिष पण्डित व्यास जयप्रशाद जोशी, ब्राहमण, सन्त महन्तबाट समुद्घाट गर्ने कार्यक्रम रहेको उहाँले बताए । महायज्ञमा कथाबाचन, प्रवचनसंगै एक हजार शालिग्रामको दर्शन, देवमाता नौमुठे गाईमाताको दर्शन, जग्गादान, तुलादानलगायतका धामिक पुण्यशिद्ध हुने कार्यक्रमहरुको रहेका छन ।
आज चैत्र २० गतेदेखि सुरु हुने महायज्ञको चैत् ३० गते समापन गरिने छ ।
शैलेश्वर महादेवको उत्पती कसरी भयो
ज्योतिष पंडित जयप्रसाद जोशीले शैलेश्वर धाम शैल र ईश्वर मिलेर बनेको हो । शैल भनेको हिमाल वा पहाड र ईश्वर भनेको स्वयं शिव शक्तिm रहेको उनले बताए ।
हालको यस स्थानमा शैलेश्वर महादेवको मन्दिर कसरी रहन गयो ? भन्ने विषयमा शिव ग्रन्थ पुराणमा भगवान शिव र पार्वतीको विवाह पछि शिव अलप हुनुभयो भन्ने प्रसंग रहेको बताउँदै ज्योतिष पंडित जोशीले भने भगवान शिवलाई खोज्न हिमालयराज आउनु भयो र शिवगणवाट पत्ता लाग्योकि भगवान शिव त सुरनया किनारमा रहेको बिश्वनाथ धाममा हुनुहुन्छ । त्यो कुरा थाहा पाएपछि हालको शैलेश्वर महादेवमा रहेको क्षेत्रमा रातारात ज्योर्तिलिंङ्ग थापे र यहां शैलेश्वर महादेवका रुपमा स्थापना भयो ।
अर्कोकुरा त्यस क्षेत्रमा रेणुका र शैल्य नदी छ भनेर पनि शास्त्रमा उल्लेख गरिएको कतिपय धार्मिक अगुवाहरुको भनाई छ । कतिपय जानकारहरु डोटीको शिखर नगरपालिकामा पर्ने सालमुनि देवता पनि यसै क्षेत्रबाट त्याहाँ पुगेको बताउँछन । यो क्षेत्र अन्तिम दाहसंस्कार गर्ने प्रशिद्ध क्षेत्रका रुपमा समेत रहेको छ ।
शैलेश्वर महादेवका पुजा कहिले–कहिले हुन्छ
यस क्षेत्रमा वर्षेनी आजापूजा हुँदै आएको छ । ज्योतिष पंडित जोशीले दिएको जानकारी अनुसार बैशाख १ गते विशु, श्रावण मासमा नित्यपुजा, असोजमा नवरात्र षष्ठिमा बिशेष पूजा, कार्तिक शुक्ल षष्ठिमा बिशेष जाँत, माघ श्री पञ्चमीको भोलिपल्ट पर्ने खष्टि र चैते नवरात्री भर नित्यपुजा गरिंदै आएको छ ।
शैलेश्वरमा अतिरुद्ध विश्वकल्याण विराट महायज्ञका लागि सहयोग कसरी भैरहेको छ
यस क्षेत्रमा विश्वकल्याण विराट महायज्ञ आयोजना गर्ने निर्णय पछि तन, मन बचन र आर्थक रुपमा समेत सहयोगी मन तथा हातहरु बढिरहेका छन । अमरगढी नगरपालिका ८ का अध्यक्ष एवं आर्थिक समितिका संयोजक नरबहादुर साँकीले देश तथा विदेशमा बसोबास गर्नेहरुले विभिन्न माध्यमवबट विभिन्न खालका सहयोगदाताहरु रहेको प्रतिक्रया दिए ।
यो एक निश्चित क्षेत्रमा आयोजना गरिएको भएपनि विश्वमै रहेका समस्त प्राणीजगतकै कल्याणका लागि महायज्ञको आयोजना गरिएको उनले बताए । अतिरुद्ध विश्वकल्याण विराट महायज्ञ देशभरमै चौथो पटक यस क्षेत्रमा आयोजना भैरहेको हो ।












