नवदुर्गा गाउँपालिकाका तीन वटा शाखा कार्यालयमा आगलागी

Image

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखा कार्यालयमा आगलागी भएको छ । शनिबार दिउँसो डेढ बजेको समयमा पालिका मुकाम नजिक रहेको जङ्गलबाट फैलिएको आगो स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परिक्षण शाखामा पुग्दा क्षति भएको गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिए ।

प्रिप्याफको संरचना भएकाले भित्र लागेको आगो निभाउन नसकिएको सूचना अधिकारी करुणाकर भट्टले बताए । पालिका मुकाम तथा शाखा कार्यालयहरू जङ्गलको विचमा भएकोले जङ्गलमा लागेको आगो सल्किएको भट्टले जानकारी दिए ।