डडेल्धुरा । जिल्लाको पूर्वी क्षेत्रमा रहेको नवदुर्गा गाउँपालिकामा चार वटा सडक निर्माण गरिने भएका छन । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत नवदुर्गा गाउँपालिकामा चार वटा सडक बन्ने भएका हुन ।
प्रदेश सडक गुरुयोजना अन्तर्गत बिप्याकटाल-चामा-सिरोड, कोराल खोला सडक, सकायल-डाडाबन-घुप्ता सडक, रडुवा-बडम-फिन्देउ सडक र धनकाट कोटेली चोरा सडक आगामी आर्थिक वर्ष २०८२/८३मा निमार्ण हुने नवदुर्गा गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस डडेल्धुराका उपसभापति लक्ष्मी प्रसाद अवस्थीले बताए ।
अवस्थीले यस क्षेत्रमा सडकको निकै आवश्यता भएकाले उक्त सडकहरुलाई बनाउन सक्दो पहल गरेको बताए । विश्व बैकद्धारा सञ्चालित “सडक सुधार” कार्यक्रम मार्फत बन्ने उक्त सडकहरु सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने छ ।












