निजामती कर्मचारीले गरयो कानून जारी गर्न सराकारको ध्यानाकर्षण

Image

डडेल्धुरा । नेपाल निजामती कर्मचारी युनियनले कानून जारी गर्न सरकारको ध्यानाकर्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख र सचिवलाइ ध्यानाकर्षण पत्र पठाउदै निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति डडेल्धुराले स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धि कानून जारी गर्न भनेको छ ।

सुदूरपश्चिम प्रदेश बाहेकका सबै प्रदेशहरुमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको वृत्तिविकास तथा हकहितका लागि स्थानीय सेवा संगठन तथा संचालन सम्बन्धि ऐन, नियम निर्माण गरि लागुसमेत भई सेको छ । एन, नियम लागुगरि कर्मचारीहरुको वृत्तिविकास लगायत कर्मचारी प्रशासन व्यवस्थापनको कार्यहरु चुस्त दुरुस्त प्रक्रियागत अगाडी बढिसकेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा पनि कानून जारी जारी गरी लागुगर्न ध्यानाकर्षण पत्रमा भनिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति डडेल्धुराका अध्यक्ष रणेन्द्र सिंहद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा ऐन जारी हुन नसक्दा कर्मचारीहरुको वृत्तिविकास संगै मनोवलमासमेत असर परिरहेकाले प्रशासनिक कामकार्वाहीमा गुनासा एवं अप्ठेराहरु आईरहेको उल्लेख गरिएको छ ।

स्थानीय सेवा ऐन यथासिघ्र जारी गरि कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउनुपर्ने मुख्य माग राखि वैशाख २६ गते भएको स्थानीय तहका कर्मचारीहरुको प्रदेश भेलाबाट संघर्षका कार्यक्रमहरु सुरु गरिएको जानकारी समेत गराईएको छ । संघर्षका कार्यक्रमहरुमा स्थानीय तहमा अतिआवश्यक काम बाहेक अन्य समपूर्ण कामकार्वाहीहरु ऐन जारी नहुन्जेलसम्मका लागि बन्द गर्ने, कार्यालयमा तालाबन्दि गरि सबै कर्मचारीहरु थप संघर्षका कार्यक्रम गर्न प्रदेश राजधानी धनगढीमा भेला हुनेलगायतका कार्यक्रम सार्वजनिक गरेको सर्वविवितै रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।