जेठ १९ देखि सार्वजनिक यातायात ठप्प गरि आन्दोलन

Image
फाईल तस्बिर

डडेल्धुरा । सार्वजनिक यातायात व्यवसायीहरुले जेठ १९ सोमबार देखि यातायात ठप्प पारी आन्दोलन गर्ने चेतावनी दिएका छन । आईतबार देखि नै लामो दुरीका यातायात संचालनमा नल्याएका यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायातका सबै साधन बन्द गरि आन्दोलनमा अत्रिने चेतावनी दिएका हुन ।

डडेल्धुराबाट संचालनमा आएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालीले प्रमुख जिल्ला अधिकारीलाइ जानकारी पत्र बुझाउदै यातायातका साधान ठप्प पार्ने जनाएको छ । सरकारले आफ्ना माग प्रति वेवास्ता गरेको भन्दै यातायात व्यावसायीले देशव्यापी रुपमा यातायातका साधन ठप्प गर्ने प्रालीका अध्यक्ष दिपक भट्टले जानकारी दिए ।

सात बुदे मागराख्दै जेठ १३ गते देखि गरिएको आन्दोलनमा सरकार वेखबर भएको भन्दै यातायातका साधन ठप्प पारिने सार्वजनिक यातायात बचाउ केन्द्रय समिति २०८२ केन्द्रिय कार्यालय काठमाडौंलगायत सयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशले नीजि सवारी साधन (रातो नम्बर प्लेट)ले सार्वजनिक यातायातका साधान सरह सवारी बोक्न पाउने गरि नियमाबली ल्याएको र अन्य प्रदेशहरुले समेत संघिय कानून विपरित नियमाबली ल्याउन लागेको भन्दै उक्त नियमाबलीको खारेजी माग प्रमुख छ । यसका विरुद्ध र अन्य ६ वटा माग राख्दै नेपाल यातायात व्यवसायी राट्रिय महासंघले गरेको निर्णय अनुसार आन्दोलनका कार्यक्रमहरु तय गरिएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको जानकारी पत्रमा उल्लेख गरिएको छ ।