कैलाली कारागारका एक कैदी मृत्यु

Image

कैलाली । कैलाली जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाईएको छ । कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी एक्कासि विरामी भए पछि असार २ गते बिहान ११ बजे अस्पताल पुर्‍याएको प्रहरी प्रवक्ता सिंहले बताए । उपचारका क्रममा के कारणले मृत्यु भएको हो यसबारे थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।