डडेल्धुरामा यस वर्ष मात्रै २२ शिशुको गर्भमै मृत्यु

Image

डडेल्धुरा । मृत जन्मको चुनौती कायमै रहेको छ । यस वर्षको वैशाख महिनासम्म डडेल्धुरा अस्पतालमा डेलीभरी हुन पुगेकाहरु मध्ये २२ शिशु मृत जन्मिएका छन । गत वर्षकोभन्दा यो संख्या कम भएपनि मृत जन्मदरको चुनौती कायमै रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जन्मेकाहरु मध्ये २४ शिशु मृत जन्मिएका थिए । यो वर्ष दुई हजार १५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर ३८ पुगेको थियो । यो वर्ष एक हजार ८८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालुआर्थिक वर्षको वैशाख महिनासम्म एक हजार ६२८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन । यस वर्षका दुई महिना बाँकी रहेकाले मृत जन्मदरको संख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताए ।

उनका अनुसार मृत जन्मदरको चुनौती देशैभर छ । अश्वस्थ्यकर खानपिन, समयमै चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको उहाँको भनाई छ । प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । उनले भने, बच्चा जन्मिनुभन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिेक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउदैन । एउटा कारण यो हो ।

महिलाहरु लाई हुने विभिन्न संक्रमणका करण पनि मृत जन्म हुने उहाँको भनाई छ । कतिपयमा जन्मजातका विकृतिहरु हुने हुन्छन । उनले भने, मुटु, मष्तिस्कलगायतका भागहरु राम्रोसंग विकसित भएका हुदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडी बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।
प्लासेन्ट र बच्चाको नाभिमा जोडिएको कम्व्लिकलकर्ड भन्ने एउटा पाईप हुन्छ । कहिलेकहीँ त्यो पाईप बच्चाको घाँटीमा बेरिने सम्भावना हुने र बच्चालाई सप्लाइ हुने अक्सिजन नपुगेपछि पनि बच्चाको मृत्यु हुने उहाँले बताउनुभयो । धेरै कारणहरु हुन्छन । उहाँले भन्नुभयो, ३०–५० प्रतिशत थाहा नै नभइ मृत्यु भएको भन्ने छ ।

गर्भवती आमाको स्वास्थ्यका हिसाबले पनि बच्चाको मृत्यु हुने उनले बताए । आमामा उच्च रक्तचाप, सुगर, थाईराइडलगायतका विभिन्न रोगको संक्रमण छ भने पनि बच्चाको मृत्यु हुनसक्ने अवस्था रहेको उनले जानकारी दिए । कतिपय आमाहरुले मद्यपान, धुम्रपान गर्ने लगायत वातावरण प्रदुषण र घरबाट निस्कने धुवालेसमेत पेटभित्रै बच्चाको मृत्युहुन सक्ने उनको भनाई छ ।

समयमै पहिचान गर्नसक्यो भने मृत जन्मदर रोक्न सकिने उनले बताए । आमाको स्वास्थ्य कस्तो छ ? बच्चाको स्वास्थ्य उमेर अनुसार बृद्धिविकास भएको छ वा छैन भनेर अल्ट्रासाउण्ड गरिनुपर्दछ । उनले भने, आठ पटक स्वास्थ्य जाँच गराउनु पर्दछ । ग्रामिणभेगमा पनि रुलर अल्ट्रासाउण्ड गरिन्छ । एएनसी जाँच भन्ने हुन्छ । अल्ट्रासाउण्ड गर्दा कस्तो ठाउँमा डेलीभरी गराउने भन्ने जानकारी हुने भएकाले मृत जन्मदर कम गर्न सकिने उनले बताए ।