प्रस्तावित पुईलेक विमानस्थल पुगेर देउवाले भने, ठाउँ उपयुक्त छ

Image

डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावित पुईलेक विमानस्थल अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेका छन् ।

गृहजिल्लामा रहेका देउवा बिहीबार प्रस्तावित पुईलेक विमानस्थलको निरीक्षका लागि पुगेका हुन् । निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको बताए । अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने देउवाको भनाई छ । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए । उनले उक्त स्थान विमानस्थलका लागि उपयुक्त रहेकोसमेत बताएका छन् ।

२०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्‌डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको थियो । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेलधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिएका छन् ।