धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलहरुले विरोध जारी राखेका छन । प्रदेश सरकारसँग सम्बन्धित विभिन्न विषय अगाडि सारेर केही दिनदेखि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले प्रदेश सभामा विरोध जनाउँदै आएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा पनि प्रतिपक्षीले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ । प्रतिपक्षी दलको संसदीय दलका नेतासहितले उठेर विरोध जनाएकाले बैठक स्थगित गरेको सभामुख भीमबहादुर भण्डारीले बताए ।
उनले प्रतिपक्षीलाई आ–आफ्नो सिटमा बसी दिन आग्रह गरेका थिए । भण्डारीले आजको बैठकको कार्यसूचीमा रहेको विषय पनि हटाएका छन ।












