डडेल्धुरा अस्पतालमै हुन थाल्यो जहाडजोर्नीको जटिल शल्यक्रिया

Image

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियाहरू हुन थालेका छन । संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले सर्वसुलभ, गुणस्तरीय र सुरक्षित रूपमा उपचार सेवा उपलब्ध गराउन थालेपछि स्थानीयलाई निकै राहत भएको छ।

यसअघि हाडजोर्नीका जटिल उपचारका लागि बिरामीले धनगढी, नेपालगञ्ज, काठमाडौं वा भारतका विभिन्न अस्पताल पुग्नु पर्ने जानुपर्ने बाध्यता थियो। अस्पतालमा पछिल्लो समयमा गरिएका केही जटिल र सफल शल्यक्रियाले स्थानीय ठूलो राहत पुगेको छ ।

हालै सम्पन्न भएका प्रमुख शल्यक्रियाहरूमा अमरगढी नगरपालिका–७ का ६५ वर्षीय पुरुष बिरामीको तिघ्रा फेर्ने (Hemi Replacement Arthroplasty)  शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।

अमरगढी नगरपालिका–१० का ७० वर्षीय पुरुष बिरामीको घुँडाको जोर्नी भाँचिएको अवस्थामा Tibial Lateral Locking Plating तथा तथा Better T Plating विधिबाट उपचार गरिएको अस्पतालका मेडिकलपुपरिटेनडेण्ट डा. सुधा देवकोटाले जानकारी दिईन ।

उनका अनुसार यस्तै बैतडीको शिवनाथ गाउँपालिका–३ की ६५ वर्षीया महिलाको घुँडा भाँचिएको जटिल अवस्थामा Tibial Lateral Locking Plating with Better T Locking Plating  शल्यक्रिया सफलतापूर्वक गरिएको छ।

दार्चुलाको लेकम गाउँपालिका–६ निवासी २७ वर्षीया महिलाको आधुनिक MiPPO Plating प्रविधिबाट शल्यक्रिया सम्पन्न गरिएको उनले जानकारी दिईन।

पुस महिनामा मात्रै यस्ता जटिल प्रकृतिका ४० भन्दा बढी शल्यक्रिया गरिएका छन । तीमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलोपटक गरिएको उनकने दाबी छ।

डडेल्धुरा अस्पतालमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सुधारिएको सेवाका कारण अब दुर्गम क्षेत्रका नागरिकले घर नजिकै गुणस्तरीय उपचार पाउने अवस्था बनेको छ । यसले सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीलाई ठूलो राहत पुगेको छ ।