बालेन्द्र शाह नियुक्त भए प्रधानमन्त्रीमा

Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन ।