प्राचिनशैलीको उग्रतारा मन्दिर निर्माण गर्न पहल गर्छुः सभापति देउवा

Image

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उग्रतारा मन्दिरलाई प्राचिनशैलीमा पुनः निर्माण गर्न पहल गर्ने बताएका छन । प्रशिद्ध उग्रतारा भगवती मन्दिरको वार्षिक पूजाआजासहित लाग्ने भव्य मेला देहिजाँतमा शनिबार पुगेका देउवाले पछिल्लो समय कंक्रिट प्रयोग गरि बनाईएको मन्दिरलाई प्राचिनशैलीमा पुनःनिर्माण गर्न पहल गर्ने बताएका हुन ।

उग्रतारा मन्दिरको कंक्रिट हटाई पुरानो रुप दिन पुरातत्व विभागले आर्थिक वर्ष २०७९/०८० मा एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर प्राचिनशैलीमा मन्दिर निर्माण गर्ने निर्माण कम्पनि सुदूरपश्चिम प्रदेशमै नभएको र काठमाडौंमा मात्रै भएकाले ठेक्का सम्झौता हुन सकेको थिएन । पुरातत्व विभागलाई कुनै जानकारी नै नदिई उग्रतारा मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरे पछि पुरातत्व विभागले आफ्नो सम्पदा सुचिबाट उग्रतारा मन्दिरलाई हटाएको थियो ।

वि.सं.२०४१ सालमा पञ्चायति व्यवस्थाको सरकारले उग्रतारा मन्दिरलाई पुरातत्व विभाग सम्पदा सुचिमा सुचिकृत गरेको थियो । उग्रतारा मन्दिरको तस्बिर अंकित हुलाक टिकटसमेत जारी गरेको थियो । पुरातत्व विभागकालाई कुनै जानकारी नगराई मन्दिरमा कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरिए पछि वि.सं. २०५४ सालमा विभागले आफ्नो सम्पदा सुचिबाट हटाएको थियो ।

मेलामा पुगेका देउवालाई उग्रतारा क्षेत्र विकास समितिले प्राचिनशैलीमा मन्दिर निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै मागपत्र बुझाएको थियो । माग पत्र बुझ्दै सभापति देउवाले आएको बजेट कार्यान्वयन गर्न गराउन पहल गर्ने बताए ।

उग्रतारा मन्दिरलाई पुरनो शैलीको ईष्टिमेट लगायत कंक्रिट हटाई पुनःप्रयोग गर्ने वस्तु ढुङ्गा काठ, तामाको प्रयोग गर्न उक्त बजेट विनियोजित भएको थियो । उग्रतारा मन्दिरको साँस्कृतिक, ऐतिहासिक, परम्परागत र पुरातन शैलीमा पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्थालाई यथोचित रुपमा सम्बोधनगर्दै आकृति प्रकृतिलाई यथावत राखेर स्थानीय श्रोत साधनको प्रयोगमा प्राथमिकतादिँदै मन्दिरको बाहिरी भागको सबै संरचना परिवर्तन गर्न पहल गर्ने सभापति देउवाले बताए ।

शनिबार उग्रतारा मेला देहिजाँतमा पुगेर देउवा दाम्पतिले पूजाआजा गरेका छन । शुक्रबार साँझ डडेल्धुरा पुगेकी कांग्रेस नेतृ एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएकी छन । देउवा दाम्पति बसेको होटेलमा कांग्रेस जिल्ला कार्यसमतिको बैठक राखेर राणाले पार्टी भित्रि भित्रिने आन्तरिक किचलोले डर पनि लाग्ने र नरमाईलो पनि लाग्ने भन्दै सबै एकजुट हुनु पर्ने र पार्टीले पनि बिषेश ध्यान दिनु पर्ने बताईन । यसको विरुद्ध संगठित भएर लाग्नु पर्ने उनको भनाई थियो ।

हाम्रो आफ्नो म्यान्डेड लोकतन्त्र बचाउने छदैछ । उनले भनिन्, अहिले हुने गरेको होडबाजीको राजनिति सामाजिक संजालमा हेर्दा उ जस्तो राजनिति गर्ने नेता कोही छैन भन्ने लाग्छ । तर मतदानमा भोट पाउदैन । वडा मै हार्ने हुन्छ । यस्तो किसिमको हावा राजनीति भन्दा पर रहनु पर्दन । डडेल्धुरा भूमिको सेवा गर्ने भनि शेरबहादुर देउवा र कांग्रेसले काम गरिरहेको उल्लेख गर्दै उनले सबै काम गर्न नसकिए पनि अगुवाई गरेर गरिरहेको काम सरहानिय भएको उनले बताईन ।

डडेल्धुरा अस्पताल स्थापना गरेपनि सफल बनाउन निकै काम गरिएको उनले बताईन । तर जनशत्ति अभावका कारण पूर्ण दरबन्दिमा अस्पताल संचालन गर्न नसकिएको उनको भनाई थियो । अस्पताल, मेडिकल कलेज र सदरमुकामको सडक कालोपत्रे गर्न आवश्यक बजेट ल्याईने उनले बताईन ।
कात्तिक २६ गते गृह डडेल्धुरा पुग्नुभएका सभापति देउवा उग्रतारा मेला देहिजाँतमा सरिक भएर शनिबार फर्किएका छन । शुक्रबार मात्रै गृह जिल्ला पुगेकी मन्त्री राणा पनि फर्किएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए ।